ad ad

राजनीति


ओलीसँगको भेट पारिवारिक मात्रै : वामदेव

ओलीसँगको भेट पारिवारिक मात्रै : वामदेव

नेपालखबर
साउन १३, २०७७ मंगलबार १६:४४,

नेकपा उपाध्यक्ष वामदेव गौतमले मंगलबार साँझ आफ्नो निवास आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारिवारिक भेट मात्रै भएको बताएका छन्।

साँझ सात बजे भैँसेपाटीस्थित गौतमनिवास पुगेका ओली दुई घण्टापछि बाहिरिएका थिए।

मंगलबार दिउँसो ओलीले स्थायी समिति बैठक स्थगित गरेपनि बहुमत सदस्यहरुले बालुवाटरमै बैठक राखेका थिए। त्यसपछि दबाबमा परेका ओली साँझ गौतमलाई भेट्न महासचिव विष्णु पौडेलसहित पुगेका थिए।

oli_in_bamdevs_house57.jpg

तर, गौतमले भेटमा राजनीतिक कुराकानी नभएको जानकारी दिएको गौतमका स्वकीय सचिव विश्वमणि सुवेदीले बताए।

‘यो पारिवारिक भेटघाट थियो। राजनीतिको विषयमा खासै कुराकानी भएन। एक अर्काको सञ्चो बिसञ्चोबारे मात्रै कुरा भयो भनेर गौतमले जानकारी गराउनु भएको छ,’ सुवेदीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .