ad ad

राजनीति


पार्टी संकटको निकासमा सबैले भूमिका खेल्न प्रचण्डको आग्रह

पार्टी संकटको निकासमा सबैले भूमिका खेल्न प्रचण्डको आग्रह

नेपालखबर
साउन १३, २०७७ मंगलबार ११:५०,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा देखिएको अहिलेको संकटलाई निकास दिन सबै पक्षको सहयोगका लागि आह्वान गरेका छन्।

Standing without oli

‘यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ,’ बालुवाटारमा मंगलबार बसेको ओलीइतर पक्षको बैठकपछि प्रचण्डको सचिवालयले भनेको छ, ‘आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ।’

Bahumat sthaisamiti

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधिविपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष निकालेको समेत प्रचण्डको सचिवालयले जनाएको छ।

याे पनि: 
प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकमा चार पूर्वमाओवादी नेता अनुपस्थित
वामदेवको नयाँ प्रस्ताव : महाधिवेशनसम्म ओली नै अध्यक्ष, पाँचै वर्ष प्रधानमन्त्री
ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भन्दै नेकपा नेताहरु पुगे बालुवाटार 
प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .