महिलाहरुमाथि एसिड आक्रमणका घट्ना एकपछि अर्को बढिरहेका बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले त्यस्तो अपराधबिरुद्ध कडा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण निन्दनीय भन्दै त्यस्तो अपराधमा संलग्न अपराधीलाई कारबाहीका लागि कडा कानुन निर्माण गर्ने बताएका हुन्।
मन्त्री गुरुङले एसिड बिक्री–बितरण तथा ओसारपसारमा समेत कडाइ गर्ने आइतबार सामाजिक सञ्जालमार्फत् प्रतिबद्धता व्यक्त गरेका हुन्।
फितलो कानुनी व्यवस्था र बजारमा एसिडको खुला बिक्रीवितरण भएका कारण पनि एसिड आक्रमणका घट्ना बढिरहेको भन्ने आवाज उठिरहेका बेला मन्त्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
एसिड आक्रमण जस्ता निर्मम घट्ना बढ्न थालेपछि यसबिरुद्ध कडा कानुन आउनुपर्ने भनी सामाजिक अभियन्ता लगायत बिभिन्न पक्षबाट आवाज उठ्न थालेको छ।
गत बिहीबार पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण निन्दनीय छ । यस्तो अपराधमा संलग्न अपराधीलाई कारबाहीका लागि कडा कानुन निर्माण गर्ने र एसिड बिक्री-वितरण तथा ओसारपसारमा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
— Parbat Gurung (@ParbatGurungg) July 26, 2020

प्रतिक्रिया