राजनीति


कार्यकर्तालाई देउवाको निर्देशनः आग्रह र पूर्वाग्रह त्यागेर उद्धार र राहतमा लाग्नुहोस्

कार्यकर्तालाई देउवाको निर्देशनः आग्रह र पूर्वाग्रह त्यागेर उद्धार र राहतमा लाग्नुहोस्

नेपालखबर
साउन २, २०७६ बिहिबार ६:४९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइगेका सभापति देउवाले बिहीबार बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

‘अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्’, सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस्।’ अरु सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आपूmले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ।

पीडितको नाम नै संकलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि भएको गुनासो आपूmसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिए। आपूm विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकर्ता र सञ्चारकर्मीलाई देउवाले पहिले नै आग्रह गरेका थिए।

सभापति देउवाको निरीक्षण टोलीमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना र पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरु सम्मिलित छन्। सभापति देउवाको आज बाढी र डुबानबाट अतिप्रभावित औरही नगरपालिकाको श्रीपुर, पिपरा गाउँपालिका र जिल्ला सदरमुकाम जलेश्वर पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति रायले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad