राजनीति


हजयात्रीलाई गृहमन्त्री थापाले भने-मुलुकको समृद्धिको लागि प्रार्थना गर्नुस्

हजयात्रीलाई गृहमन्त्री थापाले भने-मुलुकको समृद्धिको लागि प्रार्थना गर्नुस्

नेपालखबर
साउन २, २०७६ बिहिबार ४:३१,

गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले बिहीबार बिहान एक सय ५६ हजयात्रीलाई बिदाइ गरेका हुन्।

आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि मक्कामदिना जान लागेका हुन्।

सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए।

‘मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेछन्,’ थापाले भने, ‘हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान स्थापित गर्नेछन्। यसले भाइचाराको सम्बन्ध पनि विस्तार हुनेछ।’

हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत विमानस्थल पुगेका थिए।

NP KTM 20190718 IMG 1891

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताए।

NP KTM 20190718 IMG 1788

यस वर्ष करीब एक हजार दुई सय ६० जना हज गर्नका लागि मक्कामदिना जानेछन्।

मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्छन्।

NP KTM 20190718 IMG 1784

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .