बेलायतको रोयल एयरफोर्सको जहाज बुधबार काठमाडौंबाट १७ जना बेलायती सैनिक लिएर फर्किएको छ।
त्रिभुवन विमानस्थल सुरक्षा स्रोतका अनुसार नेपालस्थित बेलायती दूतावासका १३ जना कर्मचारी लिएर आएको रोयल एयरफोर्सको जहाज बुधबार साँझ १७ जनालाई लिएर फर्किएको हो।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले भने कूटनीतिक उडान भएकाले कसलाई ल्यायो भन्ने थाहा नभएको बताए।
तर नेपालखबरलाई सुरक्षा स्रोतले दिएको जानकारीअनुसार बेलायती सैनिकमा कार्यरत केही नेपाली र धेरैजसो बेलायती नागरिक लिएर सो जहाज फर्किएको हो।
उनीहरु कति समयदेखि नेपालमा थिए भन्ने बारेमा भने कुनै जानकारी नभएको स्रोतले बतायो।
उनीहरु कुनै कामले पहिले नै नेपाल आएको र लकडाउनका कारण रोकिएको र अहिले सो जहाजबाट गएको हुनसक्ने स्रोतले जनाएको छ।
This plane, Royal Air Force ZM-414, flight no. RRR4607, just took off from TIA.https://t.co/MuMvW2pKun pic.twitter.com/mugf7DmdCD
Shares

प्रतिक्रिया