ad ad

खेल


खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

नेपालखबर
साउन ७, २०७७ बुधबार १४:८,

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितीले तीन जनाको नाम सिफारिस गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्य सचिवमा रमेश सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापाको नाम सिफारिस गरेको हो।

युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले तीन जनाको नाम मन्त्रिपरिषद्मा दर्ता गराएका हुन्।

सम्भवतः भोलि बिहिबार बस्ने मन्त्रिपरिषद् बैठकले ती तीन जनामध्ये एकजनालाई सदस्यसचिव तोक्नेछ।

मन्त्रालययका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितीले ३ जनाको नाम बुधबार युवा तथा खेलकुद मन्त्रीलाइ बुझाएका हुन्।

सिफारिस समितीले २७ जना आवेदक मध्येबाट ३ जनाको नाम छनोट गरेको हो। सिफारिस समितिले सदस्य सचिवका लागि गत असार २६ गते १ हप्ताको समय सीमा तोकेर खुला दरखास्त आह्वान गरेको थियो।

राखेपको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट सदस्यसचिव चयन हुन लागेको हो।

गतवर्ष दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आयोजना गर्दा सिलवालसदस्य सचिव थिए।

याे पनि: राखेप सदस्यसचिवका लागि दरखास्त दिएका २७ मध्ये दुई जना अयोग्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .