राजनीति


पूर्वसांसद तथा कम्युनिस्ट नेता बर्मन बुढाको निधन

पूर्वसांसद तथा कम्युनिस्ट नेता बर्मन बुढाको निधन

नेपालखबर
साउन ७, २०७७ बुधबार ३:३२,

पूर्वसांसद तथा नेकपाका नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ।

रोल्पा निवासी बुढाको आज (बुधबार) बिहान ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

 बुढा २०४८ सालको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। त्यतिबेला जनमोर्चाका नौजना सांसद निर्वाचित भएका थिए। जसमा बुढा पनि एक थिए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढाको निधनप्रति दुःख व्यक्त गरेका छन्। बुधबार बिहान समवेदना सन्देश जारी गर्दै प्रचण्डले बुढाको निधनले मर्माहत बनाएको जनाएका छन्।

‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेषगरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ,’ प्रचण्डले भनेका छन्, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ। संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तमा हार्दिक समवेदना प्रकट गर्दछु।’

माओवादी जनयुद्धको उद्गम थलोको रूपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिस्ट नेता बर्मन बुढा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता मानिन्छन्।

एक वर्ष अघिदेखि उनी बिरामी थिए। त्यसयता उनको पाटन अस्पतालमा उपचार हुँदै आएको थियो। उनी जन्डिसका बिरामी थिए। उनको बुधबार विहान आर्यघाटमा अन्त्येष्टि गरिने बताइएकाे छ।

115892596 597798177467274 8319842419308803908 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad