राजनीति


पर्यटन व्यवसायीलाई मन्त्री भट्टराईको आग्रह : साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्नुहोस्

पर्यटन व्यवसायीलाई मन्त्री भट्टराईको आग्रह : साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्नुहोस्

नेपालखबर
साउन ६, २०७७ मंगलबार १३:४६,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि होटल, ट्रयाकिङ लगायतका क्षेत्र र भदौ १ देखि अन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह गरेका हुन।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले हवाई उड्डयन, होटल, ट्रयाकिङ लगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएको समेत बताए। कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिलेदेखि नै तयारी गर्न पनि मन्त्री भट्टराईले आग्रह गरे।

उनले पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउनेतर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे। कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधितकतम रुपमा भएको बताए। उनले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिले कोभिड १९ बाट प्रभावित सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेको बताए। उनले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले माद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरुलाई आग्रह गरे।

देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले पनि राष्ट्र बैंकले महत्व दिएर मौद्रिक नीति ल्याएको शिवाकोटीले स्पस्ट पारे। उनले कोभिड १९ को कारण लकडाउन गरिएको समयमा तिर्नुपर्ने कर्जाको ब्याजदरमा विशेष छुट दिएको बताए। चैत मसान्तमा तिर्नुपर्ने ब्याज रकम चैत भित्रै तिरेमा १० प्रतिशत छुट दिइएको बताए। त्यस्तै वैशाख, जेठ र असार महिनाको किस्ताको ब्याजदरमा २ प्रतिशत घटाइएको बताए। उक्त छुट व्यवसायीले जुनसुकै समयमा तिर्दा समेत पाउने स्पस्ट पारे। त्यस्तै राष्ट्र बैंकले पर्यटन क्षेत्रका श्रमिकहरुको व्यवस्थापन हुने गरी नै विभिन्न समयमा कर्जा उपलब्ध गराउने लगायतका नीतिहरु ल्याएको स्पस्ट पारे।

कार्यक्रममा पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र यो अवस्था अझै लामो समयसम्म रहने भएकाले विशेष छुट पाउनुपर्ने बताएका छन्। उनीहरुले वैशाख, जेठ र असार महिनाको ब्यादरमा दिइएको २ प्रतिशत छुटले केही राहत मिलेको भएपनि साउन यता ब्याजदरमा छुट नदिइएकाले किस्ता भुक्तानीमा समस्या आउने बताए। व्यवसायीहरुले बजेटबाट सम्बोधन हुन नसकेका धेरै विषयलाई मौद्रिक नीतिले सम्बोधन गरेको भएपनि अझै अपुग भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad