राजनीति


प्रचण्ड झुक्किने खालको अध्यक्ष होइन : नारायणकाजी

प्रचण्ड झुक्किने खालको अध्यक्ष होइन : नारायणकाजी

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई झुक्काएर राष्ट्रपति निवास लगेको भन्ने सत्य नभएको बताएका छन्।

 मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड शीतलनिवास गएको कुरा सत्य भए पनि झुक्याएर लगेको भन्ने सत्य नभएको बताए।

शनिबार बसेको सचिवालय बैठकपछि प्रधधानमन्त्री एवं अध्यक्ष ओली राष्ट्रपति निवास पुगेका थिए। आइतबार बिहान प्रचण्डले आफ्नै निवासमा आफूनिटक नेताहरुलाई आफूलाई झुक्याएर राष्ट्रपति निवास लगिएको ब्रिफिङ गरेको समाचार सार्वजनिक भएको थियो।

त्यही समाचारलाई लिएर पत्रकारले सोधेको एक प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘झुक्याएर लगेको भन्ने कुरा सत्य होइन, झुक्याएर लैजाने खालको अध्यक्ष उहाँ हुनुहुन्न। झुक्याएर कोही लैजाँदैन, झुक्किएर कोही जाँदैन।’

प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड राष्ट्रपति निवासमा गएको कुरा सत्य भएको र आफूलाई झुक्याएर लगिएको भनेर कहीँ कतै ब्रिफिङ पनि नगरेको प्रस्ट पारे।

‘उहाँ जानुभएको कुरा सत्य हो, झुक्याएर लगेको भन्ने होइन्, उहाँले आफूलाई झुक्याएर लगियो भनेर ब्रिफिङ पनि गर्नुभएको छैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad