राजनीति


खुमलटार छलफलमा वामदेव र बादल अनुपस्थित

खुमलटार छलफलमा वामदेव र बादल अनुपस्थित

नेपालखबर
साउन ४, २०७७ आइतबार ६:३४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहबीचको खुमलटार छलफल उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित रहेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच महाधिवेशनबाट पार्टी विवाह हल गर्ने सहमति भएको कुरा सार्वजनिक भएपछि वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ आइतबार बिहान छलफलका लागि प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

तर सोही समूहका नेताहरु वामदेव गौतम र रामबहादुर थापा भने खुमलटार गएका छैनन्।

उपाध्यक्ष गौतमका सहयोगी दिपक टमाटाले गौतम निवासमै भएको जानकारी दिए। ‘उपाध्यक्षज्यू घरमै हुनुहुन्छ कतै जानुभएको छैन’, नेपालखबरसँग कुरा गर्दै टमाटाले भने। श

त्यस्तै गृहमन्त्री थापाका सल्लाहकार सूर्य सुवेदी पथिकले गृहमन्त्री पनि सो छलफलमा नगएको जानकारी दिए।

शनिबार भएको भनिएको सहमतिप्रति अर्का नेता माधव नेपालले असन्तुष्टि व्यक्त गरिसकेका छन् भने प्रचण्डको सचिवालयले ती विषयमा छलफल भएपनि सहमति नै भइनसकेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .