ad ad

राजनीति


ठूला पूर्वाधारको विकास नभई समृद्ध नेपाल हुँदैन : मन्त्री नेम्वाङ

ठूला पूर्वाधारको विकास नभई समृद्ध नेपाल हुँदैन : मन्त्री नेम्वाङ

नेपालखबर
साउन ३, २०७७ शनिबार १०:४,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले भौतिक पूर्वधारका ठूला आयोजना निमार्ण नभई विकास र समृद्धि नहुने बताएका छन्।

५८ औं इन्जिनियर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री नेम्वाङले ठूला पूर्वाधारको विकास नभई नेपालको सपना पूरा नहुने बताएका हुन्।

‘नेपाल सुरुङ मार्ग र टनेलको युगमा प्रवेश गरेको छ,’ मन्त्री नेम्वाङले भने ‘पूर्वाधार निमार्णको लागि इन्जिनियरको हात ठुलो हुन्छ। कस्तो प्रविधि भित्र्यााइ छिटो विकास गर्ने त्यसमा इन्जिनियरको भुमिका हुन्छ।’

उनले इन्जिनियरले प्रमाण पत्रमा मात्रै देखाउने होइन सीप, तालिम र विकासगरी त्यसलाई नेपालको समृद्धिमा लागू गर्न सक्नुपर्ने बताए।

उनले इन्जिनियरिङ परिषदलाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने, इन्जिनियर पेशालाई मर्यादित गुणस्तर बनाउन जिम्मेवार निकायहरु लाग्नु पर्ने धाराण राखे।

‘इन्जिनियर पेशालाई सम्मानित बनाउनुपर्छ भन्ने नीतिगत व्यवस्था हुन थालेको छ। इन्जिनियरिङ परिषद ऐन राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधिसभामा आएको छ,’ उनले भने ‘ अबको हिउँदे अधिवेशनबाट पारित भई यो आर्थिक वर्षभित्र ऐन कार्यन्वयमा आउने विश्वास छ।’

उनले नेपालमा पनि इन्जिनियरिङसम्बन्धी विश्व विद्यालय र शैक्षिक संस्था विकास हुँदै गएको बताए । नेपालमा इन्जिनियरका विधा पनि बढ्दै जानु देशको लागि राम्रो भएको उनको भनाइ छ।

कार्यक्रममा इन्जिनियरिङ स्टाफ कलेजसम्बन्धी विधेयक मस्यौदा तयार भइरहेको जानकारी दिँदै यसलाई सरकारले अघि बढाउने कुरामा दुविधा नरहेको स्पष्ट पारे।

उानले न्युनत पारिश्रमिक तोक्ने, स्थानीय तहमा गएका इन्जिनियर विभेद भयो कि भन्ने चासोमा सरकारको ध्यान गएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .