गत जुन १५ मा भएको झडपयता भारत र चीनका सेनाबीच लगातार वार्ता जारी छ।
वार्ता भइरहँदा विवाद साम्य बनाउने हिसाबले दुवै देशले आफ्ना सेनाहरु विवादित क्षेत्रबाट पछाडि हटाउन सहमत भएका छन्।
चीनले आफ्ना सेनाहरु झडप भएको स्थानबाट पछाडि हटेको बताएको छ। साथै भू–उपग्रहबाट खिचिएको तस्बिरमा पनि चिनियाँ सेनाले विवादित क्षेत्रबाट भौतिक संरचनाहरु हटाएको देखिएको छ।
यद्यपि भारतीय सेनाले बिहीबार चिनियाँ सेना सहमतिअनुसार पछाडि हेटका छन् कि छैनन् भन्ने विषयमा निरन्तर प्रमाणीकरण आवश्यक रहेको बताउँदै दोधारमा परेको संकेत दिएको छ।
पछिल्लो सयम भारत र चिनियाँ सेनाका कमाण्डरबीच गत मंगलबार बिहान ११ बजेदेखि बुधबार बिहान दुई बजेसम्म १५ घण्टा लामो वार्ता भएको थियो।
वार्तामा दुवै देशबीच सकारात्मक छलफल भएको बताइएको थियो। वार्ता पछि नै भारतीय सेनाले चिनियाँ सेनाहरुमाथि आशंका व्यक्त गरेको हो। टाइम्स अफ इन्डिया

प्रतिक्रिया