ad ad

राजनीति


भारतीय हस्तक्षेपका कारण तराई डुबानमाः गृहमन्त्री थापा

भारतीय हस्तक्षेपका कारण तराई डुबानमाः गृहमन्त्री थापा

नेपालखबर
असार २९, २०७७ सोमबार ११:५७,

गृहमन्त्री रामबहादुर थापाले भारतको हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताएका छन्।

भारतको हस्तक्षेपका कारण वर्षौदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उनले बताए। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्रमा डुबान पर्ने गरेको बताए।

उनले भने, ‘वर्षौदेखि क्षतिहरु हामीले व्यहोरेका छौँ। यो बाह्य हस्तक्षेपको कारणले गर्दा हो। बाह्य हस्तक्षेप रोक्न नसक्दा पनि हामीलाई डुबायो। भारतले समानान्तर रुपमा बाँध बनाउँदा, बाँधरुपी बाटो बनाउँदा पनि हरेक वर्ष तराईमा डुबान हुने गरेको छ। यो एक ढंगले भारतीय पक्षले नेपालमा गरेको हस्तक्षेप नै हो। हामीले राजनीतिक रुपमा भन्दा त्यो हस्तक्षेप नै हो।’

गृहमन्त्री थापाले भारत सरकारसँग पटक पटक भएका सन्धी सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आउने गरेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला समेत सहमति बनेको र अध्ययन समिति समेत गठन भएपनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उनले बताउ।

नेपाल हुँदै भारततर्फ जाने नदीलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भारतले आफ्नो रक्षाका लागि बाँध बनाएपनि नेपालको राष्ट्रिय हितमा धक्का लागेको बताए। भारतले नेपालसँग गरेको सन्धी, सम्झौताहरु कार्यान्वयन गरी यसको निकास दिनुपर्ने पनि मन्त्री थापाले बताए।

याे पनिभारतले सीमा क्षेत्रमा बनाएको बाँध तत्काल हटाउन संसदीय समितिको निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .