राजनीति


नेकपा विवादमा ‘तटस्थ’ मन्त्री भट्टराई ओशो तपोवनमा ‘रिल्याक्स’

नेकपा विवादमा ‘तटस्थ’ मन्त्री भट्टराई ओशो तपोवनमा ‘रिल्याक्स’

नेपालखबर
असार २७, २०७७ शनिबार १६:३३,

नेकपा स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराई शनिबार ओशो तपोवनमा ‘रिल्याक्स’ मुडमा देखिएका छन्।

मन्त्री भट्टराईले तपोवनमा केही समय बिताएको र स्वामी आनन्द अरुणबाट ‘जीवन जगत’ बुझ्ने अवसर पाएको भन्दै केही तस्बिर सार्वजनिक गरेका छन्।

‘आज ओशो तपोवनमामा केही समय बिताउँदा स्वामी आनन्द अरुणबाट जीवन र जगतका बारेमा धेरै ज्ञान, गुनका विचार बुझ्ने अवसर प्राप्त भयो’, आफ्नो फेशबुक पेजमा भट्टराईले भनेका छन्, ‘धन्यवाद स्वामीजी र ओशो तपोवनका सबै मित्रहरुलाई।’

Yogesh Tapoban2

कोरोना महामारीको सामना, पार्टीमा देखिएको तनावका बीच शनिबारको अवसर पारेर उनी ओशो तपोवन पुगेका हुन्। काठमाडौं नजिकैको ओशो तपोवन शान्ति खोज्दै मानिसहरू पुग्ने एक गन्तव्यस्थल बनेको छ, पछिल्ला दर्जनौं वर्षयता। एकान्तबास खोज्ने नेता, व्यवसायी र सर्वसाधारण तपोवन पुग्ने गरेका छन्।

नेकपाको पछिल्लो विवादमा ‘तटस्थ’ जस्तो देखिएका स्थायी समिति सदस्य भट्टराई शीतलनिवास निकट हुँदै गएको कतिपयको विश्लेषण छ।

केही दियअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको बैठक आयोजना भट्टराईकै पहलमा भएको थियो। जसलाई कतिपयले उनी शितलनिवास निकट रहेको एउटा थप प्रमाणका रुपमा अथ्र्याएका छन्।

प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषयमा पार्टीमा विवाद बढेयता ओली र प्रचण्ड–माधव नेपाल समूहले दर्जनौं पटक आफ्नो समूहको भेला राख्दै आएका छन्। जसमा कतै नदेखिएका भट्टराईले अन्तिम समयमा भने एउटा पक्ष लिने बताउँदै आएका छन्।

नेकपाको अहिलेको विवादमा सबैभन्दा बढी अप्ठेरो स्थायी समिति सदस्य रहेका ती मन्त्रीहरूलाई परेको छ, जो विचारका हिसावले प्रचण्ड–नेपाल समूहतिर छन्।

भट्टराई तिनैमध्येका एक मन्त्री मानिन्छन्, जो स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको मौका पारेर तपोवन पुगेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad