सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ।
मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी समिति बैठक थप दुई दिनका लागि स्थगित भएको जानकारी दिए।
उनले बैठक पर्सि (२६ गते) ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए।
यही असर १० गतेदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ।
पार्टीभित्र देखिएको विवाद समधानका लागि भन्दै प्रधानमन्त्री ओली र अध्यक्षबीच केहीदिन देखि एक्ला–एक्लै वार्ता हुँदै आएपति ठोस सहमति भने हुन सकेको छैन।
3
Shares

प्रतिक्रिया