ad ad

राजनीति


ट्रम्प–किमबीचको अर्को वार्ताको विषयमा उत्तर कोरियाले भन्योः त्यसको कुनै अर्थ छैन

ट्रम्प–किमबीचको अर्को वार्ताको विषयमा उत्तर कोरियाले भन्योः त्यसको कुनै अर्थ छैन

नेपालखबर
असार २०, २०७७ शनिबार ९:९,

यसअघि दक्षिण कोरियाकै मध्यस्थतामा किम र ट्रम्पबीच दुईपटक शिखर वार्ता भइसकेको छ। सन् २०१८ मा सिंगापुर र सन् २०१९ मा भियतनाममा किम र ट्रम्पबीच वार्ता भएको थियो।

तर वार्ताले कुनै निकास दिन नसकेपछि उत्तर कोरियाले दक्षिणले हालै आह्वान गरेको शिखर वार्ता अर्थहिन भएको प्रतिक्रिया जनाएको छ।

केसीएनएका अनुसार उत्तर कोरियाका विदेश मामिलाकी उपमन्त्री रहेकी चोइ सन हुइले भनेकी छिन्,‘जसले उत्तर कोरियासँग शत्रुतापूर्ण नीति लिएको छ र विगतमा भएका शिखर सम्मेलनका सम्झौता बेवास्ता गर्दै आएको छ त्यो देशसँग के वार्तालाप र कुनै सम्झौता गर्न सम्भव छ?’

गत बुधबार मात्र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अगाडि ट्रम्प र किमबीच वार्ता हुनुपर्ने बताएका थिए।

पहिलेका वार्तामा उत्तर कोरियाले आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अमेरिकाले हटाउनु पर्ने बताएको थियो। प्रतिबन्ध हटे आफूले क्षेप्यास्त्र परीक्षणका कार्यक्रम रोक्ने उत्तरको प्रतिबद्धता छ।

यद्यपी अमेरिकाले भने पूर्ण प्रतिबन्ध नहटाउने बताएपछि पहिलेका छलफल निष्कर्ष विहिन भएका थिए। पछिल्लो समय उत्तरले क्षेप्यास्त्र कार्यक्रम पुनः संचालन गरिरहेको छ। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .