राजनीति


दर्के झरीकाबीच पोखरामा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन

दर्के झरीकाबीच पोखरामा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन

वाशुदेव मिश्र
असार १९, २०७७ शुक्रबार ४:२७,

सत्तारुढ नेकपामा सत्ता संघर्ष चुलिँदै गर्दा शीर्ष नेताहरुको पक्ष/विपक्षमा कार्यकर्ताले प्रदर्शन गर्न थालेका छन्।

दर्के झरीका बीच शुक्रबार बिहान पोखरामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा युवाहरुले प्रदर्शन गरेका छन्। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पनि ओलीको समर्थनमा केही युवाले प्रदर्शन गरेका थिए।

पोखराको चिप्लेढुंगाबाट निस्केको जुलुसमा सहभागिले केपी ओली जिन्दावाद, नागरिकता विधेयक पारित गर्, विदेशी हस्तक्षेप बन्द गर्, जनमतको कदर गर्, आजलाई हैन भोलिलाई, पाँच वर्ष ओलीलाई भन्नेजस्ता नारा लगाइएका थिए।

त्यतिमात्र होइन, ओली समर्थकले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गर्दै ‘राजीनामा मात्रै मागेको भारत भन्ने मै हुँ’ भन्नसमेत भ्याएका छन्।

छाता ओडेर ओलीको समर्थनमा भेला भएकाहरुले भारतको विरोधमा छातीमा विभिन्न खाले नाराहरु पनि टाँसेका थिए। स्वतन्त्र युवा विद्यार्थीको नामबाट सामाजिक सञ्जालमार्फत् गरिएको आह्वान अनुसार जम्मा हुनेहरुमा अधिकांश युवा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad