संयुक्त राष्ट्र संघको कारभित्र यौन गतिविधि गर्ने व्यक्ति पहिचान भएको छ। उनीहरू इजरेलस्थित राष्ट्र संघीय शान्ति सेनाको मिसन यूएनटीएसओमा कार्यरत कर्मचारी भएको पत्ता लागेको हो।
गत महिला इजरेलको तेल अभिभस्थित समुद्री तटनजिक मुख्य सडकमा राष्ट्र संघको चिह्नअङ्कित गाडीभित्र रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सिटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे।
अठार सेकन्डको भिडिओ सार्वजनिक भएपछि राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफन ड्युजरिकले आफू स्तब्ध भएको बताएका थिए।
ती दुई कर्मचारीलाई घटनाबारे अनुसन्धान पूरा नहुँदासम्मका लागि बेतलबी बिदामा हुनेगरी निलम्बन गरिएको संयुक्त राष्ट्र संघले जनाएको छ।
प्रवक्ता ड्युजरिकले बीबीसीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले कारबाही गरिएको बताए।
अनुचित याैन गतिविधि गर्ने कर्मचारीविरुद्ध राष्ट्र संघको नीति कडा छ। बीबीसी

प्रतिक्रिया