राजनीति


संसदद्वारा अधिवेशन अन्त्यको सूचना जारी

संसदद्वारा अधिवेशन अन्त्यको सूचना जारी

नेपालखबर
असार १८, २०७७ बिहिबार १०:४,

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको चालु अधिवेशन आज बिहीबारबाटै अन्त्य भएको संसद सचिवालयले सूचना जारी गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिश गरेको थियो।

सोहिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको केहि बेरपछि संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेको जानकारी संसद सचिवालयमा पठाएको थिइन्।

योसँगै प्रतिनिधि सभाको सोमबारका लागि तोकिएको बैठक समेत नहुने भएको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले संसदका सबै सदस्यलाई एक सूचना जारी टाँस गरी अधिवेशन अन्त्यको जानकारी दिएका छन्।

याे पनि: आजैदेखि संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

यस्ता छन् संसदको छैटौं अधिवेशनका महत्वपूर्ण उपलब्धि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad