राजनीति


मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

नेपालखबर
असार १८, २०७७ बिहिबार ६:१०,

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार मन्ध्यान्ह आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रिपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्।

शीतलनिवासमा केहीबेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भएको स्रोतले बतायो।

अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसकेको र मन्त्रिपरिषद बैठक सुरु हुन लागेको एक मन्त्रीले नेपालखबरलाई बताए।

पार्टी स्थायी समितिमा राजीनामा मागिएका प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकअघि राष्ट्रपतिलाई भेट्न जानुलाई चासोका रुपमा हेरिएको छ।

यसअघि मंगलबार स्थायी समितिको बैठकअघि र पछि गरेर दुईपटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका थिए।

याे पनि: प्रधानमन्त्री ओलीले अपर्झट् बोलाए मन्त्रिपरिषद् बैठक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .