राजनीति


प्रधानमन्त्री ओलीले अपर्झट् बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले अपर्झट् बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखबर
असार १८, २०७७ बिहिबार ५:२८,

पार्टीभित्र राजीनामाका लागि दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

‘अहिले तत्काल बैठक बस्ने भनी खबर आएको छ। स्थायी समिति बैठकसँगै समय जुधेको छ, सायद धेरै लामो नहोला,’ एक मन्त्रीले नेपालखबरसँग भने।

स्थायी कमिटी बैठक जारी रहँदा बैठकमा बोल्ने अधिकांश नेताले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएपछि उनी तीब्र दबाबबीच निरन्तर राजनीतिक परामर्शमा छन्।

ओलीले आफूनिकट नेता, मन्त्री, सांसददेखि राष्ट्रपतिसम्म नियमित छलफल परामर्श गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार बिहान आफूनिकट मन्त्री, सांसद तथा अन्य नेताहरुसँग सुझाव मागेका थिए।

उता, प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायत नेताहरुले पनि छलफल तीब्र पारेका छन्।

बिहीबार बिहान आफूनिकटका मन्त्री, सल्लाहकारहरुलाई खुमलटार पठाएका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रिपरिषद् बैठक राखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .