राजनीति


एमसीसी विरुद्ध माइतीघरमा निरन्तर प्रदर्शन

एमसीसी विरुद्ध माइतीघरमा निरन्तर प्रदर्शन

नेपालखबर
असार १७, २०७७ बुधबार १०:११,

एमसीसी, भ्रष्टाचार र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पीसीआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेटसहित सडकमा उत्रिएका थिए।

उनीहरुले ‘सरकार हामीलाई गरी खान देउ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरीपाउँ’, ‘नो एमसीसी’, ‘एमसीसी चाहिँदैन लागू गर्न पाइँदैन’, ‘पीसीआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्र बिना कुनैपनि राष्ट्र बन्दैन’, ‘सलुन खोल्न देउ’, ‘नागरिक आयोग गठन गर’ लगायत लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु उभिएका थिए।

प्रदर्शनकारीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad