नेकपा स्थायी समिति सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई पार्टीभित्र देखिँदै आएको विवाद सकरात्मक दिशामा जाने अपेक्षा व्यक्त गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्श बैठकपछि सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै उनले बैठकका बारेमा जानकारी दिएका हुन्।
उनले प्रधानमन्त्री ओलीले केही स्थायी समिति सदस्यहरुसँग छलफल गरेको र बाँकीहरुसँग पनि क्रमस छलफल गर्ने बताएको उल्लख गर्दै प्रधानमन्त्रीको यो कदम सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
छलफलमा सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिएको् मनत्री भट्टराईले जनाकारी दिए।
उनले स्थायी समितिको सुझाबपछि पार्टीमा पार्टीमा देखिएको गम्भीर मदभेद हल हुने दिशामा जाने भन्दै प्रोक्सी वार बन्द गर्न समेत आग्रह गरेका छन्।
‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो। बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक छ’, मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ। चिज साकारत्मक दिशामा जाने आशा गरौँ। प्रोक्सी वार बन्द गरौँ।’
पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री ओलीले आज बिहान नेकपा स्थायी कमिटी सदस्य रहेका केही मन्त्री तथा सांसदसँग सरकारी निवास बालुवाटारमा बोलाएर करिब २ घण्टा परामर्श गरेका हुन्।
त्यस क्रममा प्रधानमन्त्रीले आफूलाई अप्ठेरामा पारिएको भन्दै छलफलमा सहभागी स्थायी कमिटी सदस्यसँग सहयोग गरिदिन आग्रह गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया