राजनीति


ओलीको राजीनामा मागबीच स्थायी कमिटी बैठक सुरु, आज कसले देला त उनलाई साथ?

ओलीको राजीनामा मागबीच स्थायी कमिटी बैठक सुरु, आज कसले देला त उनलाई साथ?

नेपालखबर
असार १७, २०७७ बुधबार ६:३३,

पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामाको माग भइरहेका बेला सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।

स्थायी कमिटीको पाँचौ दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी जुगल भूर्तेलले नेपालखबारसँग बताए।

उनका अनुसार विगतमा जस्तो बुधबार बैठकअघि दुई अध्यक्षबीच कुनै परामर्श भएको छैन।

‘आज बैठकअघि दुई अध्यक्षबीच भेटघाट भएको छैन। एकैचोटी बैठक सुरु भएको हो,’ भूर्तेलले भने।

बैठकमा मंगलबार बोल्ने १८ जना स्थायी कमिटी सदस्यमध्ये सबैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले पार्टी र सरकार दुवै राम्रोसँग संचालन गर्न नसकेको आरोप लगाउँदै राजीनामा दिन माग गरेका थिए।

मंगलबारको बैठकमा बोल्ने सबैले आफ्नो राजीनामा माग गरेपछि तीब्र दबाबमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान मन्त्री तथा आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई बोलाई आफ्नो पक्षमा सहयोग गर्न आग्रह गरेका थिए।

आज ओलीपक्षीय सदस्य तथा केही मन्त्रीहरुले बोल्ने संभावना छ।

उनीहरुबाट ओलीलाई कति समर्थन प्राप्त हुन्छ त्यसआधारमा ओलीले चाल्ने अर्को कदम तय गर्नेछन्।

याे पनि: दर्जन बढी स्थायी कमिटी सदस्यसँग प्रधानमन्त्रीको आग्रहः मेरो पक्षमा बोलिदिनुस्

अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad