राजनीति


सांसद ज्ञानकुमारी छन्त्यालको निधन

सांसद ज्ञानकुमारी छन्त्यालको निधन

नेपालखबर
असार १७, २०७७ बुधबार ५:८,

प्रतिनिधिसभा सदस्य तथा पूर्वसभासद् ज्ञानकुमारी छन्त्यालको बुधबार निधन भएको छ।

बागलुङबाट प्रतिनिधिसभा सदस्य रहेकी उनको काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो। उनी यसअघि संविधानसभा सदस्य थिइन्।

लामो समयदेखि मुटुको उपचार गराइरहेकी सांसद छन्त्यालको आइतबार शल्यक्रिया गरिएको थिो। उनका छोरा सागरका अनुसार मुटुका तीनवटा भल्बमा अवरोध भएपछि शल्यक्रिया गरिएको थियो।

२०७० सालको संविधानसभा चुनावमा बागलुङबाट नेपाली कांग्रेसको उम्मेदवारको रुपमा चुनाव जितेकी उनलाई पार्टीले पछिल्लो चुनावमा भने समानुपातिकतर्फको उम्मेदवार बनाएको थियो।

उनी अल्पसंख्यक छन्त्याल समुदायको प्रतिनिधित्व गर्दै सदन पुगेकी हुन्।

सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका नेताहरुले शोक व्यक्त गरेका छन्।

उनको निधनसँगै नेपाली कांग्रेसको बुधबार तय भएको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad