समाज


भारतमा कोरोना : २४ घण्टामा ५०६ को मृत्यु

भारतमा कोरोना : २४ घण्टामा ५०६ को मृत्यु

नेपालखबर
असार १७, २०७७ बुधबार ३:५८,

कोरोना भाइरस संक्रमणको कारण भारतमा गएको २४ घण्टामा पाँच सय भन्दा धेरैको मृत्यु भएको छ।

वल्डओमिटरका अनुसार भारतमा संक्रमणको कारण गएको २४ घण्टामा पाँच सय ६ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पुगेको छ।

त्यहाँ मंगलबार एकै दिन १८ हजार दुई सय ५६ जनामा संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या पाँच लाख ८५ हजार सात सय ९२ पुगेको छ। यो बुधबार बिहान साढे ९ बजेसम्मको तथ्यांक हो।

विश्वभर गएको २४ घण्टामा संक्रमणको कारण पाँच हजार ५८ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर गरेर पाँच लाख १३ हजार नौ सय २५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने एक करोड पाँच लाख ८६ हजार तीन सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad