राजनीति


हङकङको राष्ट्रिय सुरक्षा कानुन पारित भएपछि जापानले भन्योः चिनियाँ कदम अफसोसजनक

हङकङको राष्ट्रिय सुरक्षा कानुन पारित भएपछि जापानले भन्योः चिनियाँ कदम अफसोसजनक

नेपालखबर
असार १६, २०७७ मंगलबार १०:७,

चिनियाँ कदम ‘अफसोसजनक’ भएको जापान सरकारको प्रवक्ता योसिहिदे सुगाले बताएका हुन्। चीनको निर्णय चीनकै लागि घातक हुने योसिहिदेको भनाइ छ।

चीनको राष्ट्रिय जनकंग्रेस–संसदले मंगलबार सर्वसम्मतिले राष्ट्रिय सुरक्षा कानुन पारित गरेको हो। यो कानुन जुलाई १ देखि लागू हुने जनाइएको छ।

यो कानुनले हङकङको स्वतन्त्रता गुम्ने भन्दै हङकङमा केही महिनायता आन्दोलन जारी छ। योसिहिदेले चिनियाँ कदमले ‘एक देश दुई प्रणाली’लाई पनि कमजोर बनाएको बताएका छन्।

चीनको शीर्ष विधायिकी निकायले सर्वसम्मतले पारित गरेको यो कानुनमा हङकङ अलग पार्ने, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्‍याउन प्रतिबन्ध लगाइएको छ। यसो गरे अपराध मानिने र हदैसम्मको दण्ड सजाय हुने उल्लेख छ।

यो कानुनका विषयमा चीन र अमेरिकाबीच पछिल्लो समय कूटनीतिक टकराव चलिरहेको थियो।अमेरिकाले विश्वको आर्थिक राजधानी हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याए आफूले हङकङलाई दिइरहेको विशेष सहुलियत र पहिचानलाई हटाउने चेतावनी दिएको थियो।

अमेरिकासहितका पश्चिमा राष्ट्रले चीनले ल्याउने कानुनले हङकङलाई प्रदान गरिएको स्वायत्तताको अधिकार कुण्ठित पार्ने र हङकङका नागरिकको स्वतन्त्रता हनन हुने भन्दै विरोध जनाइरहेका थिए।

यसबीचमा जापानले पनि चिनियाँ कदमको विरोध गरेको हो। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad