ad ad

राजनीति


नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेपालखबर
असार १२, २०७७ शुक्रबार ८:१०,

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टी स्थायी समितिको बैठकमा अनुपस्थित भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको स्थायी समितिको बैठकको दोस्रो दिन प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएका हुन्।

प्रधानमन्त्री अनुपस्थित भए पनि बैठक जारी रहेको र बैठकको अध्यक्षता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

बिहान साढे ११ बजे सुरु भएको बैठकमा ओली अनुपस्थित रहेको एक नेताले जानकारी दिए। बैठकमा प्रधानमन्त्री अनुपस्थित हुनुको कारण भने खुलाइएको छैन।

‘प्रधानमन्त्री बैठकमा जानुभएको छैन, उहाँ केही भेटघाटमा हुनुहुन्छ’, प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईले भने, ‘अस्तिको दिन बैठकको सुरुवात उहाँले गरिसक्नुभएको छ, अहिले अर्को अध्यक्षले त्यसलाई अगाडि बढाइरहनुभएको छ।’

भेटघाटपछि प्रधानमन्त्री बैठकमा जाने नजानेबारे टुंगो नभएको उनले बताए। ‘आजको बैठकमा सहभागी हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ, एजेन्डावाइज छलफल चलिरहेकाले निश्चित छैन,’ बजगाईंले भने।

आजको बैठकमा सचिवालय सदस्यहरुले बोल्ने कार्यतालिका रहेको छ। स्थायी समिति बैठक बुधबारबाट सुरु भएको हो। बुधबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आफ्नो धारणा राखेका थिए।

याे पनि: डायसमा तीन नेताका प्रस्तुति देखेपछि स्थायी कमिटी सदस्यको प्रतिक्रिया : अनौठो र अप्रत्याशित लाग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .