ad ad

राजनीति


अन्ततः अमेरिकाले दियो भारतसँग मिल्ने र चीनलाई हान्ने यस्तो अभिव्यक्ति

अन्ततः अमेरिकाले दियो भारतसँग मिल्ने र चीनलाई हान्ने यस्तो अभिव्यक्ति

नेपालखबर
असार १२, २०७७ शुक्रबार ४:१९,

भारत-चीनबीच बढिरहेको वैमनस्यतालाई अमेरिकाले कसरी हेरिरहेको छ भनेर विश्वले उत्सुकतापूवर्क नियालिरहेको थियो। यसबीच अ‍ेमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पोम्पिओको भनाइ भारतका लागि खासै उत्साहजनक आएका थिएनन्।

तर अमेरिकाका विदेशमन्त्री पोम्पिओले बिहीबार जे बोले, त्यो निकै अर्थपूर्ण मानिएको छ।

सीमा क्षेत्र पूर्वी लद्दाखकाे गलवान उपत्यकामा यही जुन १५ काे राति भारत र चनीका सनेाबीच भिडन्त हुँदा भारतीय सेनाका एक उच्च अधिकारी सहित २० जनाको ज्यान गएको थियो। चिनियाँ पक्षमा पनि क्षति भएको बताइन्छ, तर अहिलेसम्म चीनले यसबारे केही बताएकाे छैन। 

यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री पोम्पिओले बिहीबार भिडियाे कन्फ्रेन्समार्फत ब्रसेल्स फोरममा भने, ‘चीनबाट भारत र दक्षिण-पूर्व एसियामा बढ्दो खतरालाई ध्यानमा राखेर अमेरिकाले युरोपबाट आफ्नो सैन्य शक्ति घटाउने निर्णय गरेको छ।’ ताकि खतरा भएका ठाउँमा सेना थप्न सकियोस्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालै अमेरिकाले जर्मनीमा आफ्नो सैन्य शक्ति घटाउने घोषणा गरेका थिए। जुन निर्णयप्रति युरोपियन युनियनले असन्तुष्टि जनाएको थियो।

अमेरिकी विदेशमन्त्री पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरका लागि खतरा भएको बताए। उनले भने, ‘हामी निश्चित हुन चाहन्छौं कि चीनका जनमुक्ति सेना यसको सामना गर्न तयार छ। हामीलाई लाग्छ, यो समय हाम्रा लागि चुनौती हो र हामी हाम्रो तयारी पूरा भएको पक्का गर्न खोजिरहेका छौं।’

अमेरिकी विदेशमन्त्री पोम्पिओले चीनबाट छिमेकी देश जोखिममा रहेको र त्यसमा अमेरिकाको दृष्टि पुगेको बताए। युरोपियन युनियनसँग चीनको खतराबारे अमेरिकाले पनि कुरा गर्ने उनको भनाइ छ। उनले चीनको आर्थिक नीतिविरुद्ध पनि खुलेर कुरा राखेका थिए। भारत-चीन सीमामा भएको हिंसात्मक झडप, दक्षिण चीन सागरमा चीनले अरूलाई पुर्‍याएकाे हानिबारे पनि उनले बोलेका थिए।

ट्रान्स अटलान्टिक गठबन्धनसँग मिलेर चीनबाट हुने खतराविरुद्ध लड्न सकिने उनले उल्लेख गरे। उनले भने, ‘ईयू र संयुक्त राज्य चीनविरुद्ध मिलेर काम गर्न आवश्यक छ।’

जर्मनीमा अमेरिकाले आफ्नो सेनाको संख्या ५२ हजारबाट घटाएर २५ हजारमा झार्दै छ। अमेरिकी विदेशमन्त्री पोम्पिओले आफ्नो देशको यो निर्णयबारे भने, ‘कुनै-कुनै ठाउँमा अमेरिकी सैनिकको संख्या घटाइनेछ ताकि अधिक महत्त्व भएका ठाउँमा हामी खतराको सामना गर्न सकौं। म चिनयाँ कम्युनिस्ट पार्टीबाट हुने खतराबारे कुरा गरिरहेकाे छु। अहिले चीनबाट भारत खतरामा छ, भियतनाम पनि खतरामा छ, साथै मलेसिया इन्डाेनेसिया, फिलिपिन्स र दक्षिण चीनमा पनि चुनाैती बढ्दै गएकाे छ। सुरक्षा चुनाैतीकाे क्षेत्र बढ्दै गएकाे छ। अमेरिकाले ती क्षेत्रमा पनि ध्यान दिने निर्णय गरेकाे छ, जहाँ चीनबाट खतरा बढिरहेकाे छ। हामी चाहन्छाैँ यस विषयमा हाम्रा सहयाेगीबीच कुराकानी हाेस्।’ स्राेत: बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .