ad ad

राजनीति


भारतलाई विप्लवको आग्रह : चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टको प्रयोग नगर

भारतलाई विप्लवको आग्रह : चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टको प्रयोग नगर

नेपालखबर
असार ६, २०७७ शनिबार ८:१९,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न भारतसँग आग्रह गरेको छ।

नेकपा महासचिव विप्लवले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै भारतले सीमामा गोर्खा रेजिमेन्टलाई पठाउने तयारी गरिरहेको भन्दै यस्तो नगर्न आग्रह गरेको हो।

‘भारतलाई गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न आग्रह गर्दछ, त्यसैगरी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेकपाले यतिबेला गलवान उपत्यमा चीन र भारतबीचको सीमा विवादका कारण भएको भिडन्तभारतीय सेना मारिएपछि दबाब चुलिएको र भारतले गोखा रेजिमेन्टलाई सीमामा पठाउने तयारीका साथ त्यहाँ कार्यरत नेपाली युवाहरूलाई बिदा कटाएर फिता बोलाएको बताएको छ।

‘दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाको पक्षमा र अर्कोका विरुद्धमा युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तको बिरुद्ध पनि छ। दुई समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ।’

 नेकपाले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न एवम् देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई सधैका लागि खारेज गर्न समेत माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .