लद्दाखमा चिनियाँ सेनासँगको झडपमा मारिएका तीन भारतीय सैनिकमध्ये एक कर्णेल रहेको खुलेको छ।
भारतीय सेनाले सोमबार राति भएको हिंसात्मक झडपमा आफ्ना तीन सैनिकको ज्यान गएको बताएको हो।
चीनतर्फ भएको क्षतिबारे हालसम्म स्पष्ट भएको छैन। भारतीय सेनाले आफ्नो बयान फेर्दै चीनतर्फ पनि क्षति भएको दाबी गरेको छ।
सोमबार मात्र लद्दाखमा बिग्रेड कमान्डर तहमा दुई देशका सेनाबीच छलफल भएको थियो। एजेन्सी
प्रतिक्रिया