अमेरिकाका लागि वेलायती राजदूत सर किम डारोचले गतहप्ता मात्र पदबाट राजीनामा दिएका थिए। डारोचको लिक भएको भनिएको इमेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरिएको थियो।
लिक भएको भनिएको इमेलमा डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा आएपछि ‘रोगी’ र ‘विभाजित’ भएको बताएको डेली मेलले उल्लेख गरेको थियो। मेलका अनुसार डारोचले अमेरिकी सरकार अयोग्य र असुरक्षित समेत भएको बताएका थिए।
ट्रम्पले प्रतिक्रिया स्वरुप वेलायती राजदूत मूर्ख भएको बताएका थिए। विवादकाबीच डारेचले राजीनामा दिएका थिए।
यतिबेला सोही लिक भएको इमेलका बाँकी अंशहरु खुल्दै गएका छन्। जहाँ अमेरिकाले किन इरानसँगेको परमाणु सम्झौता तोडेको भन्नेबारे खुलाइएको छ।
डारोचले मेलमा बाराक ओबामासँगको व्यक्तित्व टकरावका कारण ट्रम्पले इरानसँगको परमाणु सम्झौता तोडेको बताएका छन्।
बीबीसीका अनुसार डारोचले ट्रम्पको उक्त कार्यलाई ‘कुटनीतिक बर्बरता’ भनेका छन्। डेली मेलका अनुसार डारोचले वेलायती अधिकारीलाई उक्त मेल सन् २०१७ मा लेखेका थिए।
उक्त मेलपछि वेलायती विदेश सचिव बोरिस जोनसनले अमेरिकालाई परमाणु सम्झौतामा अडिग रहन आग्रह गरेका थिए।

डाराेच र ट्रम्प
मेलमा बाराक ओबामा राम्रा नीतिहरु ट्रम्पले व्यक्तिगत टकरावका कारण भत्काएको उल्लेख गरिएको छ।
सन् २०१५ बाराक ओबामाको पालमा इरानले परमाणु हतियार नबनाउने, युरेनियम अधिक रुपमा उत्पादन नगर्ने सर्तमा हस्ताक्षर गरेको थियो।
त्यस सम्झौतामा इरान, अमेरिका, वेलायत, चीन, रुस, फ्रान्स र जर्मनीले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिकाले इरानलाई आर्थिक प्रतिबन्ध छुट गर्नु थियो।
तर जब ट्रम्प अमेरिकाको राष्ट्रपति बने ओबामाको पालामा गरिएको अमेरिकी सम्झौता ट्रम्पले सन् २०१८ मा तोडे।
यतिबेला इरान र अमेरिकाबीचको सम्बन्ध निकै उत्कर्षमा पुगेको छ। दुवै युद्धको मनस्थितीमा पुगेका छन्। अमेरिका गतवर्ष नै सम्झौताबाट अलग्गिए पनि उ इरानले सम्झौता मानोस् भन्ने चाहन्छ।
अमेरिकाले इरानमा आर्थिक प्रतिबन्धहरु लगाएको छ। इरानले पनि सम्झौता विपरित युरेनियम उत्पादन बढाएको छ।

प्रतिक्रिया