राजनीति


राष्ट्रिय एकतालाई बलियो बनाउन एकतावद्ध हुनुको विकल्प छैनः उपप्रधानमन्त्री पोखरेल

राष्ट्रिय एकतालाई बलियो बनाउन एकतावद्ध हुनुको विकल्प छैनः उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
असार २९, २०७६ आइतबार ६:५१,

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा विशेष योगदान पु¥याउन साहित्यकारहरुलाई आग्रह गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेको पनि स्पष्ट पारे।

२०६ औं भानु जयन्तिको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रिय एकतालाई मजदुत बनाउन पनि साहित्यकारहरुले आफ्नो रचनामार्फत् विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याए। मुलुकको राष्ट्रिय एकतामाथि आँच पु¥याउने खालका पात्र र प्रवृत्ति आज पनि सल्बलाउन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले त्यसलाई निस्तेज पार्न सबै भाषा, संस्कृति र साहित्यिक व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए।

उपप्रधानमन्त्री पोखरेलले भानुभक्तका अनुयायी हामीहरुले राजनीतिक आस्था जहाँ भएपनि भाषा, कला र साहित्यको माध्यामबाट मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन एकतावद्ध हुनुको विकल्प नरहेको पनि दोहो¥याए। त्यस अवसरमा उहाँले पृथ्वी नारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाल, भानुभक्तले भाषाको माध्यामबाट एकीकरण गरेको नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad