प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताए।
शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।
नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको बताए।
यस्तो छ देउवाको भनाइ
सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको भूभाग नेपालको भनेको प्रस्ट छ, अंग्रेजले छापेको नक्सामा पनि यो प्रस्ट छ।
चीनको नक्सामा पनि कुटियांदी भनिएको छ जसको अर्थ कालीनदी नै भन्ने हुन्छ, त्यसकारण यो नेपालको भूभाग हो भन्ने स्पष्ट छ।
हाम्रो पार्टीकाे केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने निर्णय गरेको छ।
आजै भोट गर्नुभन्दा अगाडि बसेको संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय भएको छ।
संशोधनका पक्षमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितकाे पक्षमा छ भन्ने देखिएको छ।
सबै ठाउँका नेपाली राष्ट्रिय हित र स्वाधीनताका लागि एक छन् भन्ने पुष्टि भएको छ।

प्रतिक्रिया