प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले देशभित्रका विषयमा सरकारसँग अनेक विमति रहे पनि स्वाभिमानको लडाइँमा आफूहरू एकताबद्ध रहेको बताएका छन्।
नेपालको नयाँ नक्सालाई निशान छापमा पनि समेट्न संविधान संशोधनका लागि आज (शनिबार) दिउँसो राखिएको प्रतिनिधिसभा बैठकमा प्रवेश गर्नुअघि उनले फेसबुकमा स्टाटस अपडेट गर्दै राष्ट्रिय स्वाभिमानको लडाइँमा सिंगो नेपाल, सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश दिने उल्लेख गरेका हुन्।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको परिवर्तित नक्सा संविधानको अंग बनाउन मतदानका लागि संसद् जाँदै छु,’ फेसबुकमा थापाले लेखेका छन्, ‘घरभित्रका अनेकन विषयमा सरकारसँग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइँमा सिंगो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिने छौं।’
Shares

प्रतिक्रिया