सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ।
बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुलाा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरसँग भने।
उनका अनुसार सरकारले रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ।
त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।
तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।
3
Shares
प्रतिक्रिया