ad ad

राजनीति


हङकङको विषयमा जापानले अमेरिकालाई साथ दिएपछि चीन भड्कियो

हङकङको विषयमा जापानले अमेरिकालाई साथ दिएपछि चीन भड्कियो

नेपालखबर
जेठ २८, २०७७ बुधबार ११:४२,

हङकङ चीनबाट स्वतन्त्र नभएको भन्दै अमेरिकाले हङकङको आर्थिक साझेदार राष्ट्र नहुने घोषणा गरिसकेको छ।

यसबीचमा जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि चीनको सुरक्षा कानुनले एक देश दुई प्रणालीको सिद्धान्तलाई कुल्चेको बताएका हुन्।

हङकङको विषय आफूले जी७ बैठकमा उठाउने समेत आबेले बताएका छन्।

आबेले भनेका छन्,‘जी७ राष्ट्रहरु जसले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनमा विश्वास गर्छन् यसले वैश्विक विचारको पनि उद्देश्य बोकेको छ त्यसकारण एक देश दुई प्रणालीको विषयमा पनि छलफल हुनेछ।’

चीनको विदेशमन्त्रालयले बुधबार नै जापनले बनाइरहेको योजनाले चीन खुशी नभएको प्रतिक्रिया जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .