ad ad

राजनीति


सरिता गिरीलाई संशोधन फिर्ता लिन समाजवादीको निर्देशन, नलिए कारवाही

सरिता गिरीलाई संशोधन फिर्ता लिन समाजवादीको निर्देशन, नलिए कारवाही

नेपालखबर
जेठ २८, २०७७ बुधबार ११:३४,

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि उनले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ।

उनले आफ्नो प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने पार्टीले निर्णय गरेको छ।

संसदीय दलका प्रमुख सचेतकमार्फत संशोधन प्रस्ताव फिर्ता गर्नका लागि पत्राचार गरिसकिएको र फिर्ता नलिए गिरीलाई कारवाही गरिने समाजवादी पार्टीका एक नेताले बताए।

‘हामीले उहाँलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिइसक्यौं, फिर्ता नलिए पार्टीले कारवाही प्रक्रिया अगाडी बढाउँछ,’ पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले नेपालखबरलाई बताए।

‘उहाँले दर्ता गरेको प्रस्ताव पार्टीको होइन। यसबारेमा पार्टीले उहाँसँग स्पष्टीकरण सोध्छ,’ सो पार्टीकी सांसद रेणु यादवले नेपालखबरसँग भनिन्।

पार्टीको नीति विपरित परिमार्जित नक्सासम्बन्धी सरकारले ल्याएको संविधान संशोधनमाथि नै संशोधन प्रस्ताव दर्ता गराएपछि पार्टीका उपलब्ध नेताहरुको आकस्मिक बैठक बसी सो निर्णय गरेको हो।

याे पनि: लिपुलेकसहितकाे नक्सा खारेजीकाे माग गर्दै सरिता गिरीद्वारा संशाेधन दर्ता

गिरीले पार्टी निर्णयको विरुद्ध गएर संशोधन दर्ता गराएपछि पार्टीका नेताहरु दिउँसोदेखि छलफल गरेका हुन्।

छलफलमा समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहित केही सांसदहरु सहभागी थिए।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर बैशाख ७ गते नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूचिमा भएको निशान छापमा अंकित नक्सा पनि सोहिअनुसार परिमार्जन गर्न संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा छ।

मंगलबार सो संशोधन बिधेयकमाथिको सैध्दान्तिक छलफल हुँदा सबै पार्टीले समर्थन गरेका थिए।

तर, बुधबार सांसद गिरीले संसद सचिवालय सिंहदरबार पुगेर संशोधनमाथि पनि संशोधन दर्ता गराएपछि आकस्मिक रुपमा उनलाई के गर्ने भन्ने निर्णय गर्न समाजवादी पार्टीको नेताहरु बैठकमा बसेका हुन्।

याे पनि: सरिता गिरीलाई संसदमा बस्ने नैतिक अधिकार छैनः कमल थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .