राजनीति


इटलीबाहेक सबै छिमेकी देशसँगका सीमा आजदेखि खुला गर्दै अस्ट्रिया

इटलीबाहेक सबै छिमेकी देशसँगका सीमा आजदेखि खुला गर्दै अस्ट्रिया

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १:४६,

अस्ट्रियाले आज (बिहीबार) इटलीबाहेक अन्य सबै छिमेकी मुलुक सँगका सीमा नाका खुला गर्ने भएको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बन्द गरिएका सीमा नाका आजदेखि अस्ट्रियाले खुला गर्ने भएको हो।

अस्ट्रियोको यो घोषणा जर्मनीले युरोपियन संघका सदस्य राष्ट्रसँगका सीमा नाका जुन १५ देखि खुला गर्ने निर्णय गरेपछि आएको हो।

तर इटलीसँगको सीमा नाका भने अझै खुला नगर्ने अस्ट्रिया सरकारले जनाएको छ। अस्ट्रियाका विदेशमन्त्री भन्छन्, ‘इटलीमा अहिले पनि कोरोना संक्रमित थपिइरहेका छन्, त्यसकारण त्यहाँबाट यात्रा गर्न मिल्दैन। तर इटलीसँगको सीमा पनि हामी चाँडै खोल्ने पक्षमा छौं।’

इटली विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित देशको सूचीमा छैठौं स्थानमा छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad