राजनीति


कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको छ : राणा

कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको छ : राणा

नेपालखबर
जेठ २१, २०७७ बुधबार ६:२६,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरीत कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको बताएका छन्।

असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गरेका छन्।

‘७२ दिन यता देश बन्दाबन्दीमा छ बन्द व्यापार, व्यवसाय ठप्प छ। कर भनेको आम्दानी या सुविधा बापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा,’ बुधबार उनले ट्वीट गर्दै भनेका छन्, ‘तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ। अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरीत छ। असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको छ।’

राजश्व विभागले गत फागुन र चैतको मासिक कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा त्यसबमोजिम कर दाखिला गर्ने निर्देशन दिएको छ। यस्तै गत फागुन र चैतको बुझाउनपर्ने विवरण तथा त्यसबमोजिम अन्तःशुल्क दाखिला गर्न सूचनामा भनिएककाे छ।

सूचनाअनुसार फागुन र चैतमा बुझाउनपर्ने अग्रम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा त्यसबमोजिमको कर दाखिल गर्नुपर्नेछ। यसैगरी आयकर ऐनअनुसार गत चैतमा बुझाउनपर्ने आर्थिक वर्ष २०७६(०७७ को संशोधन जेठ मसान्तसम्म बुझाउनु पर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad