ad ad

राजनीति


नेपालले नयाँ नक्सा जारी गर्नुमा कसै न कसैको हात छ : भारतीय रक्षामन्त्री

नेपालले नयाँ नक्सा जारी गर्नुमा कसै न कसैको हात छ : भारतीय रक्षामन्त्री

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १६:१२,

भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमाबारे नेपालले चालेका पछिल्लो कदमको पछाडि कसै न कसैको हात रहेको आरोप लगाएका छन्।

जेठ महिनाको सुरुमा भारतीय सेनाध्यक्ष एमएम नरवणेले नेपालले अर्को मुलुकको आदेशमा सीमासम्बन्धी असन्तुष्टि प्रकट गरेको आरोप लगाएका थिए। उनको भनाइको भारतमा समेत विरोध भएको थियो।

तर, रक्षामन्त्री सिंहले दुई सातापछि त्यस्तै अभिव्यक्ति दिएका छन्।

मंगलबार साँझ जी न्युजसँगको अन्तर्वार्तामा सिंहले नेपालले चालेका पछिल्ला कदममा ‘कसै न कसैको हात रहेको’ टिप्पणी गरेका हुन्।

‘नेपालसँग भारतको सदियौँदेखिको भावनात्मक सम्बन्ध छ, त्यसलाई भारत कुनै पनि हालतमा टुट्न दिने छैन। दुई देशको बीचमा कुनै असमझदारी उत्पन्न भए बसेर वार्ताद्वारा हल गर्ने भारतको प्रयास रहनेछ,’ सिंहले भने, ‘म कसैलाई आरोप लगाउन त सक्दिनँ तर केही न केही त छ कतैबाट। तर, म कसैलाई लान्छित गर्न चाहन्नँ। यति भन्न चाहन्छु नेपालसँग हाम्रो भावनात्मक सम्बन्ध छ।’

‘नेपालका केही मान्छे यताउता सोच्दा हुन्, तर म नेपालबारे नराम्रो सोच्दिनँ,’ उनले थपे, ‘नेपालसँग सम्बन्ध राम्रो बनाउन जे गर्नुपर्छ, भारतले गर्नेछ।’

पछिल्लो समय नेपालले अतिक्रमित लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। जसलाई वैधानिकता दिन संविधान संशोधनको प्रस्ताव समेत संसदमा दर्ता गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .