राजनीति


रुकुम पश्चिमको घटना नेपाली समाजकै कलंंकः नेता नेपाल

रुकुम पश्चिमको घटना नेपाली समाजकै कलंंकः नेता नेपाल

नेपालखबर
जेठ १८, २०७७ आइतबार १५:३४,

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले रुकुम पश्चिममा घटेको जातीय हिंसाको घटना सबैको लागी लज्जाको विषय भएको बताएका छन्।

आइतबार वित्रप्ति प्रकासित गरी नेता नेपालले एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको भन्दै यसलाई आफूले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको बताएका छन्।

‘छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा स्पष्ट ठहर गरिसकेको छ। अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछूतले हाम्रो समाजलाई पछाडी मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत गर्दछ’ नेता नेपालले भनेका छन्, ‘स्थानीय तहसम्म जननिर्वाचित संस्थाहरुको व्यवस्था भइसकेपछि कानुन कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टठ्कारो रुपमा दर्शाएका छन्।’

मावनताविरुद्धै अपराधका रुपमा भएको उक्त घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न उनले आग्रह गरेका छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा जेठ १० गते भएको घटनामा परी जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएका थिए भने गोविन्द शाही वेपत्ता भएका छन्। घटनामा १२ जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .