नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एकसाथ ८४ डीएसपीको सरुवा गरेको हो।
राजधानीका केही बृत्त र केही जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन्। महाराजगन्ज बृत्तमा रोशन खड्का, बानेश्वर बृत्तमा दिक्षानन्द बस्नेत, स्वयम्भुमा नारायण भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेतलाई सरुवा गरिएको छ।
यस्तै, काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डीएसपी कृष्ण चन्द भोजपुर सरुवा भएका छन्।
को कहाँ सरुवा भए (सूची)
प्रतिक्रिया