ad ad

राजनीति


रुकुम पश्चिमको घटनाको सत्यतथ्य पत्ता लगाउन गृहले बनायो छानविन समिति

रुकुम पश्चिमको घटनाको सत्यतथ्य पत्ता लगाउन गृहले बनायो छानविन समिति

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ६:३५,

रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ।

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिनका लागि गृहले समिति गठन गरेको हो।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदमा घटनाको छानविनका लागि गृह मन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी छानबिन समिति गठन गरेको जानकारी दिएका हुन्।

गृहमन्त्री थापाले अन्तरजातीय विवाह गर्न खोज्दा भएको सो घटना भएको भन्दै घटनाका बारेमा विस्तारमा जानकारी दिएका थिए।

उनले जाजरकोटका भेरी नगरपालिकाका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिमको चौरजाहारी गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी दिनुका साथै केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए।

गृहमन्त्री थापाले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए। नियन्त्रणमा लिइएकामा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत र केही स्थानीयहरु रहेको र मिडियामा आएजस्तो कसैलाई पनि नछाडिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .