राजनीति


सरकार किसानको सहयोगी बन्नुपर्नेमा बाधक बन्यो: प्रदीप पौडेल

सरकार किसानको सहयोगी बन्नुपर्नेमा बाधक बन्यो: प्रदीप पौडेल

नेपालखबर
असार १५, २०८३ सोमबार १९:२५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिलेको सरकार सुकुमवासी र किसानका समस्याप्रति अनुदार देखिएको आरोप लगाएका छन्। 

२३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार विपन्न र किसानको सहयोगी हुनुपर्नेमा बाधक बनेको बताएका हुन्।

‘यहाँका किसानहरूले अथक मेहनत गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेका छन्,’ उनले भने, ‘तर विडम्बना! समयमा मल र उपयुक्त बीउबिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तरअनुसार उत्पादन गर्न सकेका छैनन्।’ 

उनले किसानका वास्तविक समस्याप्रति वर्तमान सरकार अनुदार र संवेदनहीन रहेको भन्दै आलोचना गरे। 

नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दाबी गर्दै उनले आफ्ना कमीकमजोरी भने स्वीकार गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad