ad ad

राजनीति


चीनको चेतावनीः अमेरिकाले हामीलाई खतरनाक शीतयुद्धतर्फ धकेलिरहेको छ

चीनको चेतावनीः अमेरिकाले हामीलाई खतरनाक शीतयुद्धतर्फ धकेलिरहेको छ

नेपालखबर
जेठ ११, २०७७ आइतबार ९:४,

चीनले आफूलाई अमेरिकाले शीतयुद्धतर्फ धकेलिरहेको चेतावनी दिएको छ।

चीनका विदेशमन्त्री वाङ यीले केही अमेरिकी राजनीतिक शक्तिले चीन-अमेरिका सम्बन्धलाई आफ्नो कब्जामा लिएर दुई देशलाई नयाँ शीतयुद्धतर्फ धकेलिरहेको आरोप लगाएका हुन्।

पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘यो इतिहासको चक्रलाई घुमाउने खतरनाक प्रयास हो।’

चीनलाई अमेरिकाले गरेको प्रगतिप्रति कुनै इर्ष्या नभएको र अमेरिकाले पनि चीनको विकासको बाटोमा कुनै अवरोध गर्न नसक्ने उनले बताए।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) सँग उनले भनेका छन्, ‘दुवै देशका आआफ्ना राजनीतिक प्रणाली छन् र आफ्नै नागरिकको इच्छाअनुसार निर्णय गर्न दुवै देश स्वतन्त्र छन्।’

 

यसको अर्थ दुई देशबीच कुनै सम्बन्ध र सहयोग आवश्यक छैन भन्न खोजिएको होइन भन्दै विदेशमन्त्री वाङले चीन र अमेरिकाबीच विश्वका ठूलठूला मुद्दामा आपसी छलफल आवश्यक रहेको धारणा राखे।

चीन र अमेरिकाबीच सहयोगको परम्परा रहेको उल्लेख गर्दै चिनियाँ विदेशमन्त्री वाङले अहिलेको यो कोरोना महामारीबीच पनि त्यस्तो सहयोग भएको बताए।

‘कोरोना महामारी सुरु भएको समयमा हामीले एकअर्कालाई स्वास्थ्य सामग्री सहयोग गर्‍यौं, १२ अर्बभन्दा बढीको मास्क अमेरिकालाई पठायौं,’ उनले भने, ‘विडम्बना, अमेरिकामा राजनीतिको भाइरस फैलिरहेको छ।’

साथै उनले यस्तो राजनीतिक भाइरसविरुद्ध चीन र रुसले एउटा दरिलो खम्बा बनाएको उल्लेख गर्दै एउटा समन्वयात्मक रणनीतिक शक्ति पनि प्रदर्शन गरिसकेको दाबी गरे।

‘कोभिड–१९ महामारीका सिलसिलामा पनि चीन र रुसले एकअर्कालाई मद्दत गरेका छन्,’ उनले भने, ‘यी दुई देश मिलेर काम गर्नेबित्तिकै विश्वमा विविधता, शान्ति र न्याय रक्षा सम्भव भइरहनेछ।’

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले विश्वव्यापी बनिरहेको कोरोना भाइरस कहिले चीनले नै जानाजान फैलाएको त कहिले सुरुमै सही सूचना नदिएर विश्वलाई धोका दिएको आरोप बारम्बार लगाइरहेका छन्। बीबीसीकाे सहयाेगमा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .