नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई अब हरेक नागरिकको मोबाइल स्क्रिनमा पुग्ने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदभार गर्दै उनले डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म एमालेको विचार पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘हाम्रो विचार-डिजिटल सञ्चार, अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन–मनमा पुग्नेछ,’ उनले भने, ‘हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्नेछौँ।’
आचार्यले पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको सत्य र तथ्यका आधारमा प्रतिवाद गरिने बताए। ‘हामी प्रोपोगान्डा र दुष्प्रचार गर्दैनौँ, तर विरोधीका हरेक भ्रमलाई सत्यको बलले ध्वस्त पार्नेछौँ। सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन,’ उनले भने।
Shares

प्रतिक्रिया