प्रमुख प्रतिपक्षी दल काग्रेसको भातृसंगठन नेविसंघले सरकारको विरोधमा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरी दर्जन बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ।
सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै नेविसंघले बिहीबार राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुस निकालेको हो।
तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा निकालिएको मशाल जुलुश बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
मशाल जुलुशबाट निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदिप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जन पक्राउ परेका प्रहरीले जनाएको छ।
यस्तै विद्यार्थी नेताहरु पवन थापा, बिजय ढुङ्गाना, अमृत लामिछाने, प्रदिप जङ साह भने सामान्य घाइते भएका छन्।
सोमबार नेविसंघले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ।
विषादी परीक्षण नगर्ने निर्णय नसच्याए सरकारविरुद्ध कडा संघर्ष गर्ने नेविसंघले चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया