गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। पदभार गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन्।
२०५८ जेठ १९ गते राति दरबार हत्याकाण्ड भएको थियो। त्यसमा राजा वीरेन्द्र र रानी ऐश्वर्य, उनीहरूका छोराछोरी युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको ज्यान गएको थियो।
त्यस्तै, राजा वीरेन्द्रका भाइबहिनी राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती र राजकुमारी शारदाको पनि हत्या भएको थियो। उनीहरूसँगै राजा वीरेन्द्रका ज्वाइँ कुमार खड्गविक्रम शाहको ज्यान गएको थियो।
त्यसपछि राजा बनेका ज्ञानेन्द्रले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिले युवराज दीपेन्द्रलाई दोषी देखाएको थियो।
उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनमा त्यतिबेलै प्रश्न उठेको थियो। दीपेन्द्रलाई दोषी देखाइएकोमा शंका गरिएको थियो।
अहिले गृहमन्त्री गुरुङले साढे दुई दशकअघिको त्यही दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका हुन्।
उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझै बलियो बनाउने बताएका छन्। मन्त्री गुरुङले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोल्ने बताए।
Shares

प्रतिक्रिया